दशैंको मुखमा अत्याधिक महंगी, भएन अनुगमन

६ बर्ष अगाडि

बडादशैं नजिकिएसँगै बजारमा महंगी बढेपनि सरकारले भने मुल्यबृद्धि नियन्त्रणका लागि सरकारले चासो दिएको छैन । बजारमा महँगी, कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य अझै हुन सकेको छैन ।

व्यापारीले म्याद नाघेका खाद्यवस्तु विक्रीवितरण गर्नुका साथै कालाबजारी बढेको उपभोक्ताले गुनासा गरेपनि सरकारले बजार अनुगमनप्रति चासो देखाएको छैन ।

सुदूरपश्चिमका पहाडी जिल्लाको हिल स्टेशनका रुपमा चिनिने डडेल्धुरामा विभिन्न कम्पनीका डिलरहरु छन्। ती डिलरबाट सुदूरका पहाडी जिल्लाका साथै डडेल्धुराका सात स्थानीय तहमा मालसमान ढुवानी गरिन्छ।

चाडपर्वका बेला अत्यधिक खपत हुने मासुपसलहरु अव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन्। अनुगमन नहँदा एकातिर सर्वसाधारण मारमा परेका छन् भने अर्कातिर चर्को मूल्यमा उपभोग्यवस्तु किन्नुपर्ने बाध्यता छ।

बजार अनुगमन नियमितरुपमा भए महंगी र कालाबजारी नियन्त्रण हुने अमरगढी स्वास्थ्य शाखाका उपसंयोजकले बताए। उनले भने, ‘यो समयमा दैनिक उपभोग्य बस्तु बढी बिक्री हुन्छ। उपभोक्ता पनि सचेत हुनुपर्छ। एक दुई दिन गरिने अनुगमनले खासै असर गदैन।’

६ बर्ष अगाडि

प्रतिक्रिया