चितवन मेडिकल कलेजले यसरी लुट्यो विद्यार्थी, २९ करोड झ्वाम्

६ बर्ष अगाडि

चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट २९ करोड २४ लाख रुपैंया ठगी गरेको खुलेको छ ।

कलेजले एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएनएस, बिपिएच र बिएमएलटीमा नियम विपरीत २९ करोड २४ लाख रुपैंया उठाएको खुलेको हो ।

जसमा एमबिबिएस तर्फ चौथो बर्षको तीन करोड ८४ लाख ३६ हजार २ सय रुपैंया, तेस्रो वर्ष बाट ९ करोड १५ लाख ८० हजार, दोस्रो वर्ष बाट ४ करोड ९४ लाख ८९ हजार ३९४ र पहिलो वर्ष बाट ५ करोड २२ लाख २५ हजार रुपैंया बढि लिएको पाइएको छ ।

त्यस्तै बिडिएस तर्फ चौथो वर्ष ७६ लाख ३९ हजार ४०४ रुपैंया, तेस्रो वर्ष बाट एक करोड ६४ लाख ५२ हजार बढी लिएको छ ।

त्यस्तै बिएससी नर्सिङ तर्फ आठौँ ब्याज बाट १ करोड ८४ लाख ५९ हजार ४१६, नवौँ ब्याज बाट १ करोड ५८ लाख ७८ हजार ५ सय रुपैंया र १० औं ब्याज बाट पुरक परिक्षाको नाममा ६० हजार रुपैंया अतिरित्त असुलेको पाइएको छ ।

त्यस्तै बिएनएस तर्फ १० औं ब्याज बाट ८ लाख ५३ हजार ६०० रुपैंया र एघारौँ ब्याजबाट ११ लाख ४८ हजार ५३० रुपैंया सम्म उठाइएको छ ।

त्यस्तै बिपिएच तर्फ तेस्रो बर्ष बाट ११ लाख ४८ हजार ५३० र बिएमएलटी तर्फ तेस्रो वर्ष बाट १ लाख ४१ हजार ६८५ रुपैंया उठाएको खुलेको हो । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया