राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशनदिएका छन् ।
ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले २०७६ साललाई पार्टीको सङ्गठन निर्माण वर्ष घोषणा गरिएकाले चाडपर्वको अवसरमा गाउँ पुगेका बेला सङ्गठन विस्तारमा क्रियाशील हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा पनि अध्यक्ष थापाले शुभकामना व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बडादशैं तथा दिपावलीको अवसरमा दुर्गा भवानीले देश विकास र समृद्धिको मार्गमा लाग्न सबैलाई सद्बुद्धि प्रदान गरुन भनी कामना समेत गरे ।
टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, विभिन्न भातृ सङ्गठनका पदाधिकारी तथा सदस्य लगायत टुकोनसँग आवद्ध व्यक्तित्वले शुभकामना आदान प्रदान गरे ।
प्रतिक्रिया