गोदाममै थन्किए जडीबुटी

६ बर्ष अगाडि

नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन् । 

नेपालबाट रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतका जडीबुटीको आयातमा भारतले छ महीनादेखि प्रतिबन्ध लगाएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि ‘ट्रान्जिट परमिट’ को नाममा भारतले विभिन्न प्रकारका अवरोध सिर्जना गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया