सोझा नेपाली लुट्न नपाएपछि मलेसिया पठाउने दलालहरुको रुवाबासी

८ बर्ष अगाडि

काठमाडौँ । नेपाली कामदारलाई बढी भन्दा बढी शुल्क लिएर लुटन नपाउँदा मलेसिया  पठाउने दलालहरुले फेरी अनेकन तिकडम सुरु गरेका छन् ।
समस्या समाधान गर्ने र सहज रुपमा नेपाली कामदार विदेश पठाउने विषयमा सरकारले मलेसिया सरकारसँग आवश्यक कुटनीतिक पहल गरिररहेको बेला दलालहरुले भने त्यसलाई प्रभावित पार्न अनेकन खेलो फड्को सुरु गरेको पाइएको हो ।
उनीहरुले राजनीतिक पहुँच प्रयोग गर्नेदेखि कुटनीतिक रुपमा समेत नेपाल सरकारको पछिल्लो प्रयासलाई समस्यामा पारेर खारेज गर्ने नीति अगाडि सारेका छन् । जुन उनीहरुको आनै हितका लागि समेत जायज र प्रभावकारी देखिदैन ।
दुई देशबीच कूटनीतिक पहल जारी रहेका बेला वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मध्येको एक मलेसियामा जाने हजारौँ नेपाली कामदार प्रभावित भइरहेको गलत हौवा फिजाएर सो टोलीले सरकारलाई अप्ठ्यारामो पार्न खोजेको हो ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले भने मलेसियाबाट जबाफ नआउँदासम्म आफूहरुले कुटनीतिक रुपमा नै पहल जारी राख्ने र समस्या समाधानका लागि पहल गर्ने बताएको छ ।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मलेसिया जानका निम्ति आवश्यक सुरक्षा सम्बन्धी पत्र आइएससी दिने प्रक्रिया बन्द हुँदा हुँदा पछिल्लो तीन सातामा १० हजार नेपाली कामदार प्रभावित भएको भन्दै ठगी धन्दा चलाईराख्न पाउनुपर्छ भन्ने मान्यताका साथ दलालहरु लागिपरेको मन्त्रालयको भनाइ छ ।
केही कामदारलाई समस्या परेको होला, त्यसमा हामीलाई पनि समस्या पर्छ, तर ड्ठग्न नै पाउनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत हुने प्रवृत्ति भने गलत छ, त्यस्तो प्रवृत्तिलाई भने सरकारले सहन गरेर बस्न भने सक्दैन ।
मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका अनुसार कामगर्ने अनुमति सहितको प्रवेशाज्ञा अर्थात भिसा लिन आउनेहरुको संख्या शून्य भएको दावी गर्दै पुनः स्वीकृतिका लागि आउने नेपाली कामदारलाई पर्ने समस्याका बारेमा नेपाल सरकारले नै  जान्ला नी भन्दै ठगी गर्न पाउनुपर्ने विषय प्राथमिक भएको जनाएको छ ।
नेपाली कामदारलाई ठगी गर्दै आएको भीएलएनले भने भिसाको लागि आनो कार्यालय खुला रहेको दावी गरेको छ । पहिला नै सहमति पाएकाले भिसा पाएका छन । तर पछिल्लो तीन सातामा धेरै कामदार समस्यामा परेको उसको दावी छ ।
पहिले दैनिक औसतमा ५ देखि ६ सय सम्मले भिसा पाउने गरेकोमा अहिले सरकारको हस्तक्षेपपछि शुन्य प्राय भएको उसको दावी छ ।
सरकारले मलेसिया जाने कामदारहरुसँग विभिन्न शीर्षकमा कामदारमाथि भार थोपरेको थियो । कामदार ठगेको भन्दै प्रहरीले भीएलएनका सञ्चालक लगायत मेडिकल जाँच गर्ने संस्थाहरूका सञ्चालकहरू गरी ४० जनालाई पक्राउ गरी कारबाही गरिरहेको छ । भीएलएनका सञ्चालक राम श्रेष्ठ बुधवार धरौटीमा छुटेपनि त्यसलगत्तै फेरी पक्राउ गरिएको छ ।
 
सरकारको कामलाई मलेसिया दूतावासले भने उनीहरुको कार्यक्षेत्रमा गरिएको हस्तक्षेप गरेको भन्दै असन्तुस्टि जनाएको छ । सोही असन्तुस्टिका कारण दूतावासले सहमति दिने काम नै रोकिदिएको छ ।
श्रम मन्त्रालयले भने अल्पकालीन रूपमा घाटा हुने भएपनि गैरकानुनी रकम असुली बन्द गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेको छ । तर अतिरिक्त शुल्क हटाउन नेपालले मलेसिया सरकारसँग गरेको कूटनीतिक पहलको भने अझैसम्म कुनै जबाफ आएको छैन ।
यस विषयमा छलफल भेटघाट भएर कुराकानी भइरहेपनि सकारात्मक वा नकारात्मक कुनै पनि प्रकारको जवाफ नपाएको सरकारको भनाइ छ ।
कामदार जाने प्रकृया अबरुद्ध भएसँगै उनीहरूसँग जोडिएका अन्य व्यवसाय जस्तै हवाई टिकट, ट्राभल एजेन्सीको काम र होटलको व्यापारमा समेत असर पर्न थालेको जस्ता हल्ला सुरु गरिएको छ । त्यसमा केही दलालहरुले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई समेत प्रभावमा पार्ने प्रयास गरेका छन् ।  
मलेसियामा हालै नयाँ सरकार गठन भएको र त्यहाँको ठूलो चाड रमजानका कारण जवाफ आउनमा ढिलाई भएको हुन सक्ने सरकारको बुझाई रहेको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया