असोज २९ मा नेकपाको बृहद चियापान कार्यक्रम

६ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । 

नेकपाको सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए । 

पार्टी एकता अघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया