गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए ।
आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश हिमालय आँखा अस्पताले दिएको उनको भनाइ छ । उहाँले राज्य संरचनामा अझै पनि पुरानो संस्कार हाबी भएकाले परिवर्तन गर्न कठिन भएको बताए ।
उनले विचार परिवर्तन भए मात्र संरचना परिवर्तन गर्न सकिने धारणा राखे। मुख्यमन्त्री गुरुङले विभिन्न औपचारिक कार्यक्रमको भद्दा प्रणालीले समयको बर्बादी गरेकाले नयाँ र वैज्ञानिक पद्धतिबाट अब कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिए।
सङ्घका तदर्थ समितिका संयोजक डा दिलबहादुर क्षेत्रीले अस्पतालको सेवा प्रवाह गुणात्मक हुनुमा व्यवस्थापन पक्ष र चिकित्सक, कर्मचारीमा भएको सेवा भावना रहेको बताए । आर्थिक लोभभन्दा सेवालाई प्राथमिकता राखेर सन्तुष्ट हुन सके हरेक कुरा सम्भव हुने उनको भनाइ छ। अस्पतालमा शुरुका दिनमा नेदरल्याण्डको नागरिकको सहयोगबाट सञ्चालित भए पनि पछिल्लो समय आफ्नै स्रोतसाधनको व्यवस्थापनबाट स्थापित भएको जानकारी दिए ।
उहाँले अस्पतालमा अहिले अन्य उपकरण रहेका र चश्मा लगाउन नपर्ने करीब रु सात करोड पर्ने ‘लेसिक मेसिन’ अभाव रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट इन्द्रमान महर्जनले गुणात्मक सेवा प्रवाह गर्दै आएको अस्पतालमा आर्थिक पारदर्शिता र अस्पतालका सम्पूर्णको स्वार्थविहीन साझा भावनाले सफलता हासिल भएको बताए।
सङ्घका केन्द्रीय सचिव भरत चन्दले आँखा अस्पताल नमूना अस्पतालमका रुपमा स्थापित भएको वार्षिक रु तीन लाख ५० हजार तराईमा मात्रै आँखाको उपचार गरिएको जानकारी गराए उनले नेपालभरि २८ जिल्लामा र १८ हस्पिटल तथा अन्य ठाउँमा आइ केयर सेन्टरबाट सेवा दिएको जानकारी गराए ।
सङ्घका केन्द्रीय उपाध्यक्ष डा चेतराज पन्तले परनिर्भरताबाट मुक्त एक मात्र अस्पताल भएको बताउनुभयो । उहाँले सेवा गर्ने र सेवा दिने जनशक्ति उत्पादनमा पनि अस्पतालको योगदान रहेको बताउनुभयो । नवलपुर शाखाका अध्यक्ष जीवन श्रेष्ठ, सङ्घका सल्लाहकार अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कोषाध्यक्ष ज्ञानबहादुर कार्कीेलगायतले नेत्रज्योति सङ्घको स्थापनादेखि हालसम्मका उपलब्धिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रले निर्वाचन प्रक्रियाबाट प्रदेशको नयाँ कार्यसमिति चयन सङ्घका जिल्ला अध्यक्ष कुष्ण गुरुङले जानकारी दिए ।
प्रतिक्रिया