कृषि विकास बैंक प्रकरणः थप ३ जना पक्राउ

६ बर्ष अगाडि

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् ।

पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि  पक्राउ गरिएको  अपराध महाशाखाले जनाएको छ ।

बैंक ह्याकिङ गरी रकम चोरी भएको घटना बुधबार मात्रै सार्वजनिक भएको थियो ।

प्रहरीले यसअघि घटनामा संलग्न भएको आरोपमा पटकपटक गरी १३ जना पक्राउ गरिसकेका छन् ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया