३५ लाखमा वडाले बनायो आफ्नै भवन

६ बर्ष अगाडि

दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा हुन थालेको छ ।  गाउँपालिकाको रु ३५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो ।पूर्वमन्त्री दीपक गिरीले आज यहाँ उक्त भवन शुभारम्भ गर्दै सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । 

यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष रवि बुढाथोकीले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह  प्रभावकारी हुने उनको भनाइ छ ।  सोही अवसरमा  उक्त गाउँपालिकाको अन्य दुई वडा कार्यालयका नवनिर्मित  भवन पनि उद्घाटन गरिएको थियो । अहिले गाउँपालिकाकै बजेटमा वडा नं ३ र ५ को वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँँगीले बताए ।  

६ बर्ष अगाडि

प्रतिक्रिया