सरस्वती कतार प्रस्थान

६ बर्ष अगाडि

विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने प्रतियोगितामा सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

सोही दौरान हुने अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको काङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह बुधबारै दोहा प्रस्थान गरेको एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जनाएका छन् । सरस्वतीलाई सङ्घीय सांसद् एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवं एनओसीका उपमहासचिव पिताम्बर तिम्सिनाले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया