ग्रिजम्यान किन्दा बार्सिलोनालाई ३०० युरो जरिमाना

६ बर्ष अगाडि

स्पेनिस फुटबल फेडेरेशनले बार्सिलोनालाई ३०० युरो जरिमाना तिराउने भएको छ ।

एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यान क्लबमा भित्र्याउनका लागि गरेको प्रयासका लागि स्पेनिस फुटबल फेडेरेशनले बार्सिलोनालाई ३०० युरो जरिमाना तिराएको हो ।

बार्सिलोनाले गत जुलाईमा बाइआउट क्लज अनुसार १२० मिलियन युरोमा ग्रिजम्यानलाई एथ्लेटिको मड्रिडबाट क्लबमा ल्याएको थियो ।

एथ्लेटिको मड्रिडले भने आफ्नो स्वीकृति बिना नै ग्रिजम्यानसँग वार्ता गरेर बार्सिलोनाले नियम उल्लंघन गरेको भन्दै मुद्दा हालेको थियो । एथ्लेटिको मड्रिडले ग्रिजम्यानको बाइआउट क्लज २०० मिलियन युरो हुनु पर्ने बताउँदै आएको थियो ।


आफू बार्सिलोनामा आबद्ध हुँदा पूर्व क्लब एथ्लेटिको मड्रिडले आपत्ति जनाएपछि ग्रिजम्यानले त्यसबाट दुःखी भएको प्रतिक्रिया दिएका थिए । तर अब उनलाई बार्सिलोनामा रहनका लागि सहज बाटो खुला भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया