सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्ति निर्माणका लागि जनता बैंकले १० लाख सहयोग गरेको छ ।
बाढी तथा डुवानमा परी घरबार गुमाएका मुसहरहरुको घरका लागि जनता बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत सो सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक सुधिर राजभण्डारी रकम लाई हस्तान्तरण गरे ।
तिलाठीमा २०७४ साल साउनको भिषण बाढीका कारण घरबार गुमाएकाहरुका थिए ।
उनीहरुको आबास पुनः निर्माणको लागि सोही वर्ष साउन ३१ गतेदेखि ‘न्युज २४ टिभी जनता बैंक विपत्ती राहत कोष’ खाता जनता बैंकमा संचालन गरिएको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई सञ्चालन गरिएको उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया