अब एटीएम बुथहरुमा चौबिसैघण्टा सुरक्षागार्ड, सूचना प्रविधिको आकस्मिक सहायता समूह गठन गर्नुपर्ने

६ बर्ष अगाडि

अबदेखि बैंक तथा वित्तिय संस्थाहरुले हरेक एटीएम बुथमा चौबिसैघण्टा सुरक्षा गार्ड राख्नुपर्ने भएको छ।

नेपाल राष्ट्रबैंकले भुक्तानी सम्बन्धी कार्य गनै सम्बन्धित सबै संस्थाहरुलाई अनिवार्य रुपमा सुरक्षा गार्ड व्यवस्था गर्न निर्देशन दिएको हो । 

राष्ट्रबैंकले भुक्तानी सम्बन्धी कारोबार गर्ने हरेक संस्थालाई सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गर्न पनि निर्देशन दिएको छ । 

आकस्मिक सहायता समूहको कार्यान्वयन गरी राष्ट्रबैंकलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको छ । 

पछिल्लो समय एटीएम बुथहरुमा प्रविधिको दुरुपयोग गरी रकम निकाल्न थालेपछि राष्ट्रबैंकले यस्तो निर्देशन दिएको हो । 

बैंक तथा वित्तिय संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधी वा अनाधिकृत पहुँच भएमा त्यसको जानकारी पनि राष्ट्रबैंकमा गराउन निर्देशन दिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया