उपनिर्वाचनका लागि २१ दल दर्ता, कुन दलले के चिन्ह पाए ?

६ बर्ष अगाडि

मंसीर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि २१ वटा दल दर्ता भएका छन् ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनको लागि २१ दल दर्ता गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम असोज ८ गतेको बैठकले दल दर्ता र चुनावचिन्ह प्रदानको निर्णय गरेको हो ।

आयोगका अनुसार दर्ता भएका दलहरुमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल रहेका छन ।

आयोगले साझा पार्टीलाई तराजु, नेकपालाई सूर्य, राप्रपा (लोकतान्त्रिक) लाई साँढे गोरु, नेपालवाद पार्टीलाई तारापुञ्ज, राष्ट्रिय नागरिक पार्टीलाई चंगा, राप्रपा ९संयुक्त०लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, लोकतान्त्रिक पार्टीलाई दुईहात जोडेको नमस्कार चुनाव चिन्ह प्रदान गरेको छ । 

त्यसैगरी  समाजवादी पार्टीलाई पाँच औला सहितको हत्केला, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलाई हवाइजहाज, नेपाल, नेपाली काँग्रेस (वी.पी)लाई करुवा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्रयाक्टर, आमूल परिवर्तन मसिहा पार्टीलाई ह्रृदय, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेकपा पाल मार्क्सवादी ९पुष्पलाल०लाई हँसिया माथि धानको बाला खप्टिएको  र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकार भित्रको हँसिया हथौडा चिन्ह प्रदान गरेको छ । 

त्यसैगरी ग्रिन पार्टी नेपाललाई त्रिशुल, मुस्कान सेना नेपाललाई पुरुष, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) लाई हँसिया, नेपाल परिवार दललाई साँचो, हाम्रो पार्टीलाई धारा, प्रदान गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया