काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै नेपालका लागि अमेरिकी राजदूतले नेपालमा नेताहरुसँग भेटघाटलाई तीब्र पारेका छन् ।
बिहीबार नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरीले सत्तारुढ दलका नेता माधव कुमार नेपाल र प्रमुख प्रतिपक्ष दलका नेता तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका हुन् ।
विहीवार बिहान देउवा निवास बुढानिलकण्ठमा काँग्रेस सभापति देउवासँगको भेटवार्तामा राजदुत बेरीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको सभापति देउवाले जनाएका छन् ।
त्यस्तै बिहिबारै राजदुत बेरी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सत्तारुढ दल नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओको टोली नेपाल भ्रमण सकेर मंगलबारमात्रै स्वदेश फर्केको थियो ।
प्रतिक्रिया