बाजेको सेकुवामा सुन तस्करको लगानी !

८ बर्ष अगाडि

काठमाडौं–संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ । 

समितिका अनुसार बाजेको सेकुवामा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको हो । 

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा विस्तृत  खबर छापिएको छ । 

८ बर्ष अगाडि

प्रतिक्रिया