कर्मचारी संचयकोषमा रकम जम्मा गरिरहेका सञ्चयकर्ताका लागि अब घर किन्ने चिन्ता गर्नु नपर्ने भएको छ। कर्मचारी सञ्चयकोषले आफै आवास निर्माण गरेर सञ्चयकर्ताका लागि बिक्रि गर्ने भएको छ ।
जग्गा धेरै भएको ठाउँमा हाउजिङ र महँगो जग्गा भएको ठाँउमा अपार्टमेन्ट बनाएर कर्मचारीलाई बिक्रि गर्ने योजना सञ्चयकोषले अगाडी बढाएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सञ्चयकर्ताहरुका लागि आवास परियोजना लागू गर्ने व्यवस्था गरे अनुसार सञ्चयकोषले आवास निर्माण गरी बिक्री गर्ने कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले बताए ।
कोषले निर्माण गरेका आवास बिक्री गर्दा १० प्रतिशत नाफा जोडेर बिक्री गर्ने पनि उनले जानकारी दिए ।
आवास परियोजनाका लागि चितवनमा रहेको कोषको ४ विघा १६ कठ्ठा जग्गामा अध्ययन र परियोजनाको डिजाइन समेत भइसकेको छ ।
कोषका प्रमुख गौतमका अनुसार कोषले आवाज परियोजनाका लागि आफ्नै कम्पनी खोलेर सोही कम्पनीमार्फत आवास निर्माण गर्ने छ ।
चितवन बाहेक कोषले काभ्रेको चार वटै नगरपालिका र ललितपुरमा पनि आवास परियोजनाको योजना बनाएको बताइएको छ ।
ललितपुरमा नगरपालिका सँग मिलेर यो आयोजनालाई अगाडि बढाइने गौतमले जानकारी दिए।
प्रतिक्रिया