टाउकोमा हेलमेट प्रहार गरी दिउँसै लुटियो ६ लाख

६ बर्ष अगाडि

रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिएका छन् । बिहिबार दिउँसो कार्यालयबाट उद्योगतर्फ जाने क्रममा अनिस त्रिपाठी लुटिएका हुन् ।  

भैरहवा लुम्बिनि सडकखण्डमा  लुम्बिनी रोडस्थि रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । 

दुई जनाको समुहमा आएका लुटेराले त्रिपाठीलाई टाउको मा हेलमेट प्रहार गरी रकम लुटेर लगेको  प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया