चिनियाँ राष्ट्रपति नेपाल आउँदा केरुङ–काठमाडौ रेलमार्गको सम्झौता हुने

६ बर्ष अगाडि

सरकारले चिनियाँ राष्ट्रपति नेपाल आएको समयमा केरुङ–काठमाडौ रेलमार्ग परियोजनाको सम्झौता गर्ने तयारी गरेको छ । 

सोज २७ देखि हुने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा रेलमार्ग परियोजनाको सम्झौता गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी गरेको हो ।  

सी भ्रमणको समयमा नेपालको पहिलो एजेण्डा नै दुई देश जोड्ने केरुङ काठमाडौं रेलमार्ग परियोजना रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रको भनाइ छ ।  

क्त आयोजनाको प्रस्ताव तयारी अवस्थामा रहेको उनको भनाइ छ । चिनकै आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्यूट प्रारम्भिक सर्भे गरी केरुङ –काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो। अब विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र निर्माण सम्बन्धी सम्झौता यसपाली हुने उनको भनाइ छ । 

प्रारम्भिक सर्भे अनुसार करिव ७२ किलोमिटर लामो हुने रेलमार्गको ९० प्रतिशत भन्दा धेरै भाग सुरुङ र पुलहरु हुनेछन् ।  त्यसका लागि ७ वटा सुरुङ र करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्नेछ ।
फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्यूटका अनुसार रू २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । 

केरूङदेखि काठमाण्डौ रेल ल्याउनका लागि चीनले आफ्नै भूमि केरुङसम्म सिगात्सेबाट ५ सय किलोमिटर रेलमार्ग निर्माण गर्नुपर्ने हुन्छ । 

यी सबै कामका लागि ९ वर्ष समय लाग्ने चिनियाँ पक्षको अनुमान छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया