सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

६ बर्ष अगाडि

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाँैदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया