काठमाडौं–सनराइज क्यापिटलद्वारा व्यवस्थापन गरिने तथा सनराइज बैंकद्वारा प्रवद्र्धन गरिएको “सनराइज फस्र्ट म्युचुअल फण्ड” बिक्री शुरु भएको छ ।
कुल १० वर्षे बन्दमुखी योजनाको १० अकिंत दरको दश करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी आठ करोड पचास लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।
योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट ब्ःऋ ३ रेटिङ्ग प्राप्त गरेको छ ।
योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव चण्डी प्रसादश्रेष्ठ, पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक बुद्घि प्रसाद आचार्य, वरिष्ट न्यायधि वक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिर कुमार शर्मा गरी ५ जना विशिष्ठ अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षता पूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।
शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभलिन सकिने छ ।
निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
प्रतिक्रिया