प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब नाघ्यो

६ बर्ष अगाडि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी २ अर्ब नाघेको छ ।

कम्पनीले प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै चुक्ता पूँजी २ अर्ब नाघेको हो । कम्पनीले असोज ७ गते मंगलवार विशेष साधारणसभामार्फत बोनसको प्रस्ताव पारित गरेको हो।

विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजारको आधारमा बोनस वितरण गर्ने निर्णयलाई सर्वसम्मत पारित गरेको छ ।

बोनसपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय पुगेको छ ।

उक्त विशेष साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको रू.१ करोड १७ लाख ४२ हजार बराबरको नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार २ अर्ब चुक्ता पूँजी पुयाउन बोनसको सहरा लिएको हो।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको यस कम्पनीले सातैओटा प्रादेशिक, शाखा, उपशाखार सम्पर्क कार्यालय गरी १४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ। यो कम्पनीले विभिन्न १६ किसिमका जीवनबीमा लेखहरू बिक्री गर्दै आएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया