मेगा बैंक र गण्डकी विकास बैंक गाभिँदै

६ बर्ष अगाडि

काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति  गर्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धी विषयमा दुबै बैंकबीच सैद्धान्तिक सहमति भएको छ ।

मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष सुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।यो प्राप्तिपश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै ठूलो शाखा भएको ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा स्थापित हुन शाहले बताए ।

गण्डकी विकासको सेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशीघ्र अघि बढाइने उनले जानकारी दिए ।

असार मसान्त २०७६ को तथ्यांकअनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार रु १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार  रु ९८ अर्ब छ । एक्वाएरपछि मेगाको शाखा संख्या  १९१ पुग्ने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया