वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्वको समयमा व्यवसायीले ठगी गरेमा तुरुन्त जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ ।
व्यवसायीले ठगी गरेमा टेलिफोन वा वेवसाइटमार्फत सन्देश पठाएर जानकारी गराउन विभागले उपभोक्तालाई आग्रह गरेको हो ।
चाडपर्वको समयमा हुने कालोबजारी र ठगी रोक्न उपभोक्ताले गरेको उजुरी उपर तत्काल कार्बाही गर्ने प्रबन्ध मिलाएको विभागले जनाएको छ ।
त्यसका लागि टोली तयार रहेको विभागमा महानिर्देशक योगेन्द्र कुमार गौचनले बताए ।
‘यदि कसैले उपभोक्तालाई ठगि गरिएको पाइएमा तत्काल जानकारी गराउनुहोला’, उनले भने ‘हाम्रो वेवसाइटमा गएर सन्देश पठाउन वा फोन मार्फत हामिलाई सम्पर्क गर्नु भयो भने हामी त्यस्ता व्यक्तिलाई कारबाहि गर्छौ ।’
उपभोक्तालाई मध्य नजर गर्दै विभागले दैनिक बजार अनुगमन पनि गर्ने उनले बताए ।
विभागले गत वर्षमा ४–५ जना अधिकृतलाई अनुगमनको लागि पठाउने गरेको थियो तर यो वर्ष ७ जना अधिकृतलाई बजार अनुगमनको लागि पठाउने विभागले जनाएको छ ।
विभागका अनुसार नेपाल सरकारले तोकेको मुल्यमा अधिकतम २० प्रतिशत भन्दा बढि नाफा लिन पाउँदैनन् ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार्डपर्वमा एकिकृत सुरक्षा तयार पारेको बताए ।
प्रतिक्रिया