ग्लोबल आइएमई र जनताबैंकले अबको तीन महीनाभित्र एकीकृत कारोबार गरीसक्नुपर्ने भएको छ ।
नेपाल राष्ट्रबैंकले दुई बैंकलाई मर्जका लागि सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिएको हो ।
२ असोजमा बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रबैंकले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएपछि गएको असार २० गते दुईबैंकबीच मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बैंक र अध्यक्ष चन्द्र ढकाल हुने तथा बैंकको सिइओ जनता बैंकका परशुराम क्षेत्री बन्ने सहमति भएको थियो ।
मर्जरमा गएपछि ग्लोबल आइएमई देशकै ठूलो बैंक बन्ने छ ।
ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड र जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
यसरी दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड हुने छ । जुन नेपालका वाणिज्य बैंकमा नै सर्वाधिक बढी हो ।
मर्जका लागि दुबै बैंकहरुको सम्पत्ति र दायित्व मूल्यांकन र जुधेका शाखाहरुलाई मिलाउने सम्बन्धी काम सकिएको छ ।
प्रतिक्रिया