अनुसन्धानः मंगल ग्रहमा मानिस ल्याबमा बनाएको मासु र किरा खाएर बाँच्न सक्छन्

६ बर्ष अगाडि

पृथ्वीको विकल्पको रुपमा पत्ता लागेको मंलग ग्रहमा मानववस्ती बसाउन विश्वभरीका वैज्ञानिकहरु लागि परेका छन् । मानिस बाँच्नको लागि अत्यन्त आवश्यक तत्व खाना, अक्सिजन र पानीको खोजीमा लागि विभिन्न अनुसन्धान भइरहेको छ ।

वैज्ञानिक अनुसन्धानमा पत्ता लागे अनुसार मंगल ग्रहमा खानाको मुख्य स्रोत किरा हुन सक्छ । यसका साथै ल्याबमा निर्माण गरिएको मासु र डेरीमा उत्पादन हुने दूग्ध उत्पादनहरु पनि वैकल्पिक उपाय हुन सक्छन् । वैज्ञानिकले गहुँमा लाग्ने छ वटा खुट्टा भएको किरा मानिसले खानाको रुपमा प्रयोग गर्न सक्ने पनि अनुसन्धानमा पत्ता लगाएका छन् । 

अनुमानका अनुसार मंगलग्रहमा सौर्य उर्जा, बरफ र कार्बनडाइअक्साइड छ । जसबाट अक्सिजन र पानी प्रचुर मात्रामा उत्पादन गर्न सकिनेछ । यद्यपि, खानाको स्रोत पत्ता लगाउन धेरै समय लाग्ने वैज्ञानिकहरुको बुझाइ छ । स्पेसएक्सको एलन मस्कको कागजातहरुको आधारमा फ्लोरिडा विश्वविद्यालयको तयार गरेको योजना अनुसार १० लाख मानिसहरु बसोबास गर्न सक्नेछन् । 

अनुसन्धानमा संलग्न किथ केननले भने, ‘मंगल ग्रहमा तुरुन्तै खाना बनाउनु मुश्किल काम हो । यदि त्यहाँ स्थायी रुपमा बसोबास गर्न गर्ने हो भने त्यहाँ अन्य क्षेत्रबाट आयात गर्न सकिदैन । यद्यपि, ज्यादा मात्रामा भेटिने तिनै किराहरु खाएर भोक टार्न सकिन्छ । त्यो किरा निर्माण गर्नको लागि फार्म खोल्न सकिन्छ । किनकी उक्त किरा कम पानीमा नै बाँच्न सक्छ । भने क्यालोरीको मुख्य स्रोत पनि हुनसक्छ ।’

पछिल्ला केही वर्षहरुमा चन्द्रमामा मानव बस्ती बसाउनका लागि विभिन्न प्रयासहरु गरिदै आएका छन् । स्पेसएक्स जस्ता धनि कम्पनीहरु ५० देखि १०० वर्ष पुरानो मानव सभ्यताको विकास गर्न लागि परेका छन् । 

मंगलग्रहमा सौर्य उर्जा, बरफ र कार्बनडाइअक्साइड जस्ता पदार्थहरु रहेको जानकारी प्राप्त भएको छ । तर खानाको लागि अहिलेसम्म कुनै चिज भेटिएको छैन । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया