मोबाइल इन्टरनेट डाटाको स्पीड रिपोर्ट सार्वजनिक, पहिलो स्थानमा दक्षिण कोरिया

६ बर्ष अगाडि

मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकाशं देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ । 

रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सुचिमा भारत १३१ औं स्थानमा छ । 

यो सुचिको शिर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शिर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ । 

रिपोर्ट अनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सुचिमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ । 

दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया