कृषि विकास बैङ्क रकम चोरी प्रकरणः  म्यानेजरसहित सबै कर्मचारी परिवर्तन गरिने

६ बर्ष अगाडि

कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी  भएपछि लाहान शाखाका सबै कर्मचारी परिवर्तन गरिने भएको छ । बैंकका उपमहाप्रवन्धक दीर्घ अर्यालले शाखाका कार्यरत सबै कर्मचारी परिवर्तन गरिने जानकारी दिए । 

कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको थियो  । 

उक्त शाखाका प्रमुख रामसेवक यादव थिए । 

रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए । 

रकम चोरीपछि ४ सदस्यीय छानविन समिति गठन गरिएको छ । जसका संयोजक विनोद कोइराला रहेका छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार चोरीमा २४ भन्ने मजबुत सफ्टवेयर प्रयोग गरिएको छ ।  एकै व्यक्तिले ४ करोड ८८ लाख ट्रान्सफर गर्न खोजेको छ । ३ करोड ४ लाख सिस्टमबाट एकाउन्टमा ह्याक गरेर ट्रान्सफर गरिएको छ ।  त्यो पैसा निकालिएको हो । निकालेको ३१, २९ र १० लाख ६० लाख प्रहरीले बरामद गरेको छ । 
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया