दशैंलाई लक्षित गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई रुट परमिट नचाहिने व्यवस्था गरेको छ ।
आगामी आइतबारसम्मका लागि नेपालभर नै रुट परमिट खुला भएपछि कुनै निश्चित स्थानमा चल्ने सवारीसाधन नेपालभरी जहाँसुकै पनि चल्न पाउने भएका छन् ।
दशैंमा आफ्नो आफ्नो गन्तव्यमा जाने यात्रुहरुको सहजीकरणका लागि सम्पुर्ण सार्वजनिक सवारीसाधनहरुको रुट परमिट खोलिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।
उक्त रुट परमिट खोलेपश्चात काठमाडौं उपत्यकामा मात्रै चल्ने सवारीसाधनहरु बाहिर समेत संचालनमा ल्याउन सकिनेछ ।
विभागले आईतबारदेख अर्को हप्ताको आईतबारसम्म १ हप्ता सार्वजनिक सवारीसाधनलाई यस्तो सुविधा दिने भएको हो ।
यस्तै दशैंलाई लक्षित गरी विभागले नारायणघाटदेखि काठमाडौं आउने ठुला मालवाहक सवारीलाई रोक लगायको छ ।
ठुला मालबाहक सवारीसाधनहरु नारायणघाट काठमाडौं सडकमा १ हप्तासम्म चल्न नपाउने भएका हुन ।
यस्तै विभागले लामो रुटमा चल्ने साना सार्वजनिक सवारी जस्तै माईक्रो, हायास लगायतका सवारीसाधनको अग्रिम टिकट बुकिङ समेत खोल्ने भएको छ ।
विभागले बसहरुको खोलेपस्चात साना सवारीसाधनको पनि अग्रिम बुकिङ खोल्ने जानकारी दिएको हो ।
प्रतिक्रिया