देशमा बेरोजगारी बढेसगैँ विदेशिने युवाहरुको संख्या बढ्दो छ ।
पछिल्लो १० वर्षको अवधिमा काम गर्नका लागि विदेश जाने युवाको संख्या ३८ लाख ९८ हजार चार सय ७९ पुगेको छ ।
आर्थिक वर्ष २०६५/२०६६ देअि २०७४/२०७५ सम्ममा महिला र पुरुष गरेर ३८ लाख भन्दा बढी युवाहरु विदेशिएका हुन् ।
त्यस मध्य महिलाको संख्या एक लाख ९७ हजार आठ सय सात जना रहेको छ भने त्यस्तै पुरुषको संख्या ३७ लाख ६ सय ७२ जना रहेको छ ।
त्यस्तै विदेश गएका ३८ लाख ९८ हजार चार सय ७९ युवा मध्य ५ हजार सात सय नौ जनाको मृत्यु भएको छ ।
आर्थिक राष्ट्रिय दैनिकबाट
प्रतिक्रिया