यसरी हुन्छ सामाजिक सञ्जालबाट ठगी, वीरगन्जबाट आयो यस्तो खबर

८ बर्ष अगाडि

वीरगन्ज–सामाजिक सन्जाल फेसबुक, भाइबर र ट्वीटर मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका थप चार जनालाइ पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ  ।
वीरगन्जको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज अगाडिको गढीमाइ मनि चेन्जर नजिकबाट प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अक्षय चौरसीया, वडा नम्बर १६ कै युवराज पासवान , वडा नम्बर १९ का वीर नारायण चौरसीया र वडा नम्बर २ छपकैयाका राहुल कुमार राउतलाई पक्राउ गरेको हो । 
उनिहरुको साथबाट नगद एक लाख पाच हजार रुपैया , चार थान मोबाइल, आइएमइको भौचर सात थान , विभिन्न व्याक्तिको सक्कली नागरिकता र मतदाता परिचय पत्र सात थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 

पर्सा प्रहरीले  गत मंसिर १४ गते देखि अहिले सम्म सामाजिक सन्जाल मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका २७ जनालाइ पक्राउ गरिएको पनि जनाएको छ ।
गत मंसिर १४ गते एक भारतीय र पाँच नेपाली , गत पुष ३ गते एक भारतीय र एक नेपाली , फागुन ७ गते एक जना भारतीय र तीन जना नेपाली , फागुन २१ गते दुइ नेपाली र एक भारतीय र चैत ३० गते तीन जना नेपाली गरि अहिले सम्म २७ जनालाइ पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

८ बर्ष अगाडि

प्रतिक्रिया