महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समाजलाई व्यवसायी बनाउन महिलाहरुलाई उद्यमशिल बन्न आग्रह गरेकी छन् ।
एक जना महिला उद्यमी भएमा सिंगो समाजलाई नै व्यवसायी बनाउन भुमिका खेल्ने भएकोले महिलालाई उद्यमशिल बन्न आग्रह गरेकी हुन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रदेश नम्बर ३ का १३ जिल्लाका लागि आयोजना गरेको महिला उद्यमशिलता विकास तथा वित्तिय पहुँच सम्बन्धी तालिमको उद्घाटन गर्दे मन्त्री थापाले यस्तो आग्रह गरेकी हुन् ।
मेहनतका साथ लाग्यो भने सफल हुन सकिन्छ भन्ने उदाहरण हजुरी बिष्टले दिएको समेत उनले बताइन् ।
“एकैपटक ठुलो व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई त्यागेर सानो व्यवसाय शुरु गरेपनि व्यवसायिक सफलता हासिल गर्न सकिन्छ”, मन्त्री थापाले भनिन् ।
उनले महिला उद्यमशिलतालाई प्रर्वद्धन गर्ने, विकास गर्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिलाहरुलाई उद्यमशिल बनाउने, पूर्ण रुपमा व्यवसायिक बनाउने खालका तालिमहरु सञ्चालन गरिरहेको बताइन् ।
प्रतिक्रिया