शेयर बजार आज फेरी ओरालो लाग्याे

६ बर्ष अगाडि

शेयर बजार आज फेरी ओरालो लागेको छ। सोमबार बजार समान्य बढेपछि आज झन् सुधार हुने अपेक्षा लगानीकर्ताले गरेपनि बजार फेरि घटेको हो।

मंगलबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्से सूचक ६.४२ अंकले घटेर ११३४ दशमलव ५६ बिन्दुमा झरेको हो।

आइतबार दोहोरो अंकले घटेर सोमबार सामान्य आशा देखाएको शेयर बजारमा फेरी गिरावट आउँदा लगानीकर्ताको मनोबल झनै खस्केको छ।

अधिकांश कम्पनीको शेयरमूल्य घटेर मूल्य आम्दानी अनुपात १० गुणभन्दा कम भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ९८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

३६ वटा कम्पनीको शेयरमूल्य केहि बढेपनि अन्य २९ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

आज १७१ वटा कम्पनीको ८ लाख ७३ हजार कित्ता शेयर २१ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ।

सानिमा बैंकको सबैभन्दा धेरै ३ करोड १६ लाख रुपैयाँ बराबर र सिद्धार्थ बैंकको संस्थापक शेयरको ३ करोड १२ लाख रुपैयाँ बाराबरको शेयर कारोबार भयो।

त्यस्तै शिवम सिमेन्टस्को १ करोड, प्रभु बैंकको ७३ लाख र सिद्धार्थ बैंकको ६१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएर उच्च कारोबार गर्ने कम्पनीको क्रमशः तेस्रो चौथो र पाँचौ स्थानमा छन्।

मंगलबार खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८।१६ प्रतिशतले बढेको छ भने घोडिघोडा लघुवित्तको ३.९८ प्रतिशत, विशाल बजार कम्पनीको ३ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स र प्रभु इन्स्योरेन्सको २ प्रतिशतले बढेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया