फेसबुकले २ वर्षमा हटायो २.६० करोड हिंस्रक पोस्ट, धेरै पोस्ट् यस्ता थिए

६ बर्ष अगाडि

फेसबुकले आतंककारी संगठनसँग सम्बन्धीत २.६० करोड पोस्ट हटाएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोस्ट् आईएसआईएस र अलकायदासँग जोडिएका थिए । 

गत मंगलबार फेसबुकले जनाएअनुसार धेरै मेहेनतका साथ आतंककारी संगठनको पहिचान गरेको थियो । त्यसपछि फेसबुकले आफ्ना वालमा यस्ता आतंककारीसँग सम्बन्धीत विचारधारा प्रस्तुत गर्न नपाइने र गरेका २०० भन्दा बढी संगठनको पेज बन्द गरिदिएको छ ।

फेसबुकले उक्त संगठनहरुको बारेमा पत्ता लगाउन आर्टिफिशियल इन्टेलिजेन्स र ह्युमन एक्सपरटाइजको सहायता लिएको थियो । 

केहि समयअगाडि न्यूजिल्याण्डको क्राइस्ट चर्चमा भएको हमलापछि फेसबुकले उसको फिचरमा केहि परिवर्तन गरेको थियो । फेसबुकले बताएअनुसार उक्त हमलामा प्रविधिको मद्दतबाट कट्टरपन्थी भावना फैलाउने कोसिस गरिएको थियो । 

फेसबुकका ९ वटा इन्डस्ट्री प्लान 
फेसबुकले ९ वटा इन्डस्ट्री प्लान डेभलप गर्दैछ । जसमा माइक्रोसफ्ट, ट्विटर, गूगल र अमेजनले सहायता गरिरहेको छ । जसमा आतंककारी संगठनसँग जोडिएका पोस्टहरु टेक्नोलोजीको माध्यमबाट सम्बोधन हुनेछ । फेसबुकले आतंककारी संगठनका पोस्ट्ले विश्वमा अनावश्यक डरको समाधानको लाग आफूले यस्तो कदम चाल्न लागेको बताएको छ । 

अमेरिका र ब्रिटेनको साथ
क्राइस्टचर्च हमलाको भिडियोको बारेमा फेसबुकमा स्वचालित पत्ता लगाउने प्रणालीको अभाव भयो । किनकी यसमा हिंस्रक घटना देखाउने पर्याप्त कन्टेन्ट थिएन । जसले मेशिन लर्निङ टेक्नोलोजीलाई सजिल्यै चिन्न सकेन । त्यसैले यतिबेला फेसबुकले अमेरिका र ब्रिटेनसँग मिलेर काम गरिरहेको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया