नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको पराकाष्ठा भएको बताए ।
उनले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी दिए ।
अहिलेको संविधानमा केही कमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काँग्रेस लागि पर्ने बताए । त्यस्तै उनले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नु लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीको इमान्दारिता र योग्यतामाथि प्रश्न उठाउदै उनले मुलुकलाई कम्बोडियाको हुन्सन मोडालिटिमा लैजान लागेको आरोप लगाए ।
प्रतिक्रिया