सरकारले युवालाई नयाँ व्यवसाय शुरु गर्न सुरुवाती ऋण दिने तयारी गरेको छ ।
नयाँ व्यवसाय गर्ने सोँच भएका युवालाई कृषि, उर्जा, सूचना प्रविधि, साना तथा मध्यम व्यवसायमा बिउपूँजी उपलब्ध गराउनका लागि शुरुवाती कोष निर्देशिका २०७६ ल्याउन लागेको छ ।
निर्देशिकाको खाका तयार गरेको अर्थ मन्त्रालयले केही दिनमै मन्त्रिपरिषद्मा पेश गर्न लागेको हो ।
वस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४५ बमोजिम बनेको निर्देशिका मन्त्रीपरिषदबाट स्वीकृत भएपछि लागू हुने छ ।
उक्त प्रयोजनका लागि विभिन्न पाँचवटा निकायहरु सरकार, गैर आवासीय नेपाली, अर्थमन्त्रालयको स्वीकृतिमा विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था वा व्यक्ति र अन्य कुनै स्रोतबाट प्राप्त रकम जम्मा हुनेछ।
कोषको रकम प्राप्त गर्न युवाहरुले पेश गरेका प्रस्तावहरु छनोट गरी ऋण प्रदान गर्न संयोजक, दुई जना विषय विज्ञ र मन्त्रालयको १ जना सह सचिव गरी ४ सदस्यीय समिति रहनेछ।
सोही समितिले प्रस्तावको अध्ययन गरी ऋण स्वीकृत गर्नेछ। स्वीकृत भएको ऋण बैंक प्रदान हुने व्यवस्था गरीने छ ।
त्यसका लागि ऋणको प्रकृया, ब्याजदर, ऋण अवधि र बैंकले पालना गर्नुपर्ने शर्तहरुका सम्बन्धमा मापदण्ड अनुसार कोषले बैंकसँग सम्झौता गर्नेछ।
मन्त्रालयले विभिन्न १७ दफा सहितको निर्देशिका तयार पारेको छ ।
प्रतिक्रिया