क्यु आर पेमेन्ट गर्दा एनआईसीका ग्राहकलाई १५% वा रु ५०० छुट

६ बर्ष अगाडि

सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा एनआईसीका ग्राहकले क्यूआर (क्वीक रेस्पाेन्स) पेमेन्ट गर्दा छुट गरेका छन् । 

बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै १५ प्रतिशत वा रु ५०० छुट सम्म छुट दिने जानकारी गराएकाे हो ।

उक्त अफर अनुसार बैंक एपको क्यूआर मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सकिनेछ । 

यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने  । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत श्री सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका थिए । 

आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया