चार खर्ब ९४ अर्ब बराबरका नाेट जलाइयाे

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ठूलो परिमाणको रकम बराबरको पुराना नोट जलाएर नष्ट गरेको छ । केन्द्रीय बबैंकले रु ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४  बराबरको पुराना नोटहरु जलाएर नष्ट गरेको हो  ।

राष्ट्र बैंकले र्वसाधारण, बंैक तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, ५० र २० का गरि विभिन्न दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।

 गत आर्थिक वर्ष २०७५÷७६ सम्ममा एक हजार दरका ५३ अर्ब २३ करोड २० लाख ३८ हजार, ५०० दरका १५ अर्ब ८० करोड २१ लाख २० हजार, २५० दरका ७ हजार ७५० रुपैँया १०० दरका ४ अर्ब १४ करोड ६३ लाख ३७ हजार ४०० रुपैयाँ पुरना, झुत्रा नोट नष्ट गरेको छ ।

त्यसैगरी, ५० दरका २ अर्ब २५ करोड २२ लाख २ हजार १५०, २५ दरका १ लाख ३६ हजार ८०० ,२० दरका ८४ करोड ९१ लाख २१ हजार १६०, १० का ४६ करोड ५७ लाख ३८ हजार २४०, ५ दरका २० करोड ९१ लाख ३९ हजार ८३५, २ का १ लाख ५३ हजार ८५० र १ दरका ३४ हजार २२  रुपैँया पूराना नोट जलाएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा राष्ट्र बैङ्कले ४ खर्ब १७ अर्ब ८० करोड रुपैँया जलाएर नष्ट गरेको थियो ।

बजारबाट संकलन भएका पुराना, झुत्रा र मैला नोटहरुलाई  टुक्राटुक्रा पारी धुल्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा नआउन् र त्यसको दुरुपयोग पनि नहोस भनेर टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।

पछिल्ला वर्षमा धुल्याउनु पर्ने नोटको परिमाण बढ्ेको छ । आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा २०७५÷७६ मा ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार १०७ रुपैया धुल्याउनु पर्ने पुराना, झुत्रा र मैला नोटको परिमाण बढेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया