अर्घाखाँची सिमेन्ट उद्योग हटाउन स्थानीय आन्दोलित
काठमाडौँ । वातावरण संरक्षणमा ध्यान नदिएका कारण रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बारेमा स्थानीयबासीले स्थानीय निकाय, प्रदेश सरकार तथा संघीइ सरकारलाई कारवाहीको लागि आग्रह गरेका छन् ।
विशेष गरी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म्स्थल लुम्बिनीलगायतका क्षेत्रमा वातावरण बिगारेको भन्दै स्थानीयले सरकारको ध्यानकर्षण गराएका हुन् ।
सिमेन्ट उद्योगको धूलाको कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको, सागपात समेत खान नहुने भएको, पशु चौपाया समेत बिरामी परेको भन्दै स्थानीयले कि त धुलो फाल्ने प्रणालीको व्यवस्थापन गर्न, कित , उद्योग अन्ज्य नै सार्न चेतावनी समेत दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारको सो उद्योगले सरकारी निकायको निर्देशनलाई समेत अटेर गर्दै आएको छ ।
आफू उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको, राजनीतिक नेतृत्वसँग आफ्नो प्रत्यक्ष सम्पर्क रहेको भन्दै उनले वातावरण विभागको निर्देशनलाई समेत टेरेका छैनन् ।
अर्घाखाँची सिमेन्टले उद्योगमा धुलो नियन्त्रणको प्रणाली समेत जडान गरेको छैन । धुलो समेत नियन्त्रण गर्ने र त्यसैबाट विद्युत् समेत निकाल्ने भनेर हल्ला गराएका मुरारकाले सरकारी निर्देशन अवज्ञा गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारको नै ध्यानकर्षण गराएको स्थानीय राम पाण्डेले जानकारी दिए ।
नेपालको पर्यटक आर्कषको केन्द्र बिन्दुको रुपमा रहेको लुम्बिनीलाई प्रदूषित बनाउन सिमेन्ट उद्योगहरुको विशेष भूमिका रहेको छ ।
भैरहवा आसपासमा स्थापना गरिएका उद्योगहरु मध्ये धेरै जसो सिमेन्ट उद्योग रहेका छन् ।
ती सिमेन्ट उद्योग मध्ये क्षमताका हिसाबले सबैभन्दा ठूलो उद्योगको रुपमा अर्घाखाँची सिमेन्ट रहेको छ । सो उद्योगले हाल दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ ।
वातावरण संरक्षणको उपाय अपनाउन सरकारी निकायले पटक पटक आग्रह गरेपनि मुरारकाले कुनै सुनुवाई नगरेको र बढी बोले जे पनि गर्ने भन्दै चेतावनी दिएको स्थानीयको भनाइ छ ।
अन्तर्राष्ट्रिय एक संस्थाले गरेको अध्ययनअनुसार लुम्बिनी काठमाडौँपछिको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको छ । सिमेन्ट उद्योगको धूलो तथा अन्य उद्योगको धुलोका कारण पनि सो क्षेत्रमा बढी प्रदुषण भएको हो ।
भैरहवा क्षेत्रमा अरु साना सिमेन्ट उद्योगले पनि धूलो नियन्त्रण प्रणाली जडान गरेका छैनन् । चुन ढुंगा पेल्दा निस्कने धूलोका कारण वातावरणमा परेको समस्या उनीहरुले थाहा पाएर पनि थाहा नपाएको जस्तै गरि रहेका छन् ।
स्थानीय प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेल, गृहमन्त्री कुलप्रसाद केसीलाई समेत अर्घाखाँची सिमेन्ट उद्योगको ज्यादतीका बारेमा जानकारी गराएका छन् ।
तर अर्घाखाँची सिमेन्टका प्रमुख रहेका उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुरारका भने आफ्नो उद्योगले मात्रै नभई अरु उद्योगले समेत धूलो फालेको बताउँछन् ।
मलाई मात्रै आरोपित गर्न भएन, धुलो मेरो उद्योगले बरु कम फालेको छ, जस जसले धुलो फालेको छ, उसैलाई सोधे भई हाल्यो नी उनले भने ।
स्थानीयले भने लुगा कपडा धोएर सुकाए पनि सुक्दा सम्म धोएको हो कि होइन जस्तो हुने, बाह्रै महिना रुघा खोकी लाग्ने, पशु चौपायाले आहारा नखाने, झोक्राउने गरेको भन्दै आपत्ति जनाएका छन् ।
अर्घाखाँची सिमेन्टले वातावरण प्रदूषित गर्दिन, सरकारी नियम मान्छु भनेर सोही अनुसारको प्रणाली जडान गरेन भने उद्योग हटाऊ आन्दोलन सुरु गर्नुपर्ने स्थानीयको भनाइ छ ।
वातावरण विभागले भने अर्घाखाँची सिमेन्टले सरकारी आदेश अस्वीकार मात्रै होइन अटेर समेत गरेको बताएको छ । कानुन नमान्नेलाई अब नियमअनुसार कारवाही हुन्छ र गरिन्छ ।
प्रतिक्रिया