लुटपाट गरेको अभियोगमा २ जना पक्राउ

६ बर्ष अगाडि

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–१० बस्ने पाँचथर फिदिमका २९ वर्षीयको पुरुषलाई लुटपाट गरेको अभियोगमा २ जनालाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोगबुस्थित नमस्ते नेपालमा काम गरी बस्ने कैलाली धनगढीका प्रेम श्रेष्ठ  र काठमाडौं मित्रनगर बस्ने बाँके घर भएका १८ वर्षीय  रेवन गिरी रहेका छन् । 

ती पुरुषलाई ढुङगा प्रहार गरी उनको साथमा रहेको नगद ४७ हजार रुपैयाँ र मोबाईल १ थान लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ढुंगा प्रहारबाट घाइते भएका पुरुषलाई उपचारका लागि अल नेपाल अस्पताल सामाखुसी पठाइएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया