३ करोडको लगानीमा नयाँ पुल बन्दै

६ बर्ष अगाडि

पोखरा महानगरपालिका–१६ मा ३ करोड लगानीमा नयाँ पुल बन्ने भएको हो । महानगरपालिकाको तुम्के घोरकुना खोला (कालिखोला) मा मोटेरेबल पुल निर्माण हुने भएको हो । 

महानगरको आर्थिक सहयोगमा आगामी २०७७ को मंसिर ५ गतेभित्र सक्ने गरी फेवा पि.एल.जे.बी. पोखरा ९ ले पुल निर्माण गर्ने भएको हो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पुलको शिलान्यास गर्दै निर्माण कम्पनीलाई गुणस्तरलाई ख्याल गरी तोकिएको समयमा सक्ने गरी निर्माण गर्न आग्रह गरे ।

पूर्व सांसद सोमनाथ अधिकारी प्यासीले पुल निर्माणले त्यस क्षेत्रको आर्थिक विकास समृद्धिमा विकासमा थप वटेवा पुग्ने विश्वाश व्यक्त गरे । पोखरा महानगरपालिकाका ईन्जिनियर धु्रव भट्टराईले २०७७ साल मंसिर ८ गते निर्माण सक्ने गरी महानगरले फेवा पिएलजेभी पोखरासँग सम्झौता गरेको बताए ।

उनका अनुसार महानगरले पुल निर्माणको अनुमानित लागत ४ करोड ६५ लाख गरेकोमा निर्माण कम्पनीले उक्त रकममा २१ प्रतिशत घटेर ३ करोड ३० लाख ३१ हजार ३ सय २५ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । उक्त पुल २५ मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया