विदेश पठाइदिने नाममा महिलालाई नै ठगेर फरार भएकी काठमाडौंकी विमला थापा २ वर्षपछि पक्राउ परेकी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगार न्यायाधीकरणले ०७४ असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार फैसला सुनाएको थियो ।
सरिताकुमारी सापकोटाले थापा बिरुद्ध वैदेशिक रोजगार ठगी मुद्धा दायर गरेकी थिइन् ।
उनलाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया