तारा एयरको विमान दुर्घटना : चालकदलसहित सबै यात्रु सकुशल

८ बर्ष अगाडि


काठमाडौँ ।  नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ 

जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो । 

विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ । 

तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

अपराह्न करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । 

८ बर्ष अगाडि

प्रतिक्रिया