हतियारसहित गुरुङ पक्राउ

६ बर्ष अगाडि

शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए । 

   भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उहाँले जानकारी दिए । गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको  जनाइएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया