एमकेको घरमा  छापा, भेटियो नगत सहित १० तोला सुन

८ बर्ष अगाडि

काठमाडौं – विमानस्थल हुँदै भएको  साढे ३३ किलो तस्करीको सुनका लगानीकर्ता भनिएका एमके अग्रवालको घरमा छापा मारेर प्रहरीले  ३० लाख नगदसहित १० तोला सुन बरामद गरेको छ । 

कालिकास्थानस्थित अग्रवालको घरमा प्रहरीले शुक्रबार  छापा मारेको हो । 

अग्रवालको घरबाट दर्जनौं बैंकका चेकसहित कागजपत्र, १२ वटा गाडीका चाबी, एउटा गाडी, केही ल्यापटप र कम्प्युटर बरामद पनि  गरेको बताइको छ । 

छापा मारेपछि अग्रवालको घरमा छानबिन समितिले नयाँ ताल्चा लगाएको छ । अग्रवाल भने फरार छन् । 


३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा प्रहरीले उनीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया