शिक्षा क्षेत्र सुधारको लागि लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको समाजिक संस्था आर्दश सामाज नेपाल “घाँसी नेपाल”ले धनगढीमा संचालित कपडा बैङ्कलाई ३०० जोर लत्ताकपडा हस्तान्तरण गरेको छ ।
सोमबार सुदूरपश्चिममा पहिलोपटक रोयल कोलाबोरेटिभ्सले धनगढीमा संचालनमा ल्याएको कपडा बैङ्कलाई सामाजिक संस्था घाँसी नेपालले काठमाडौँमा एक कार्यक्रमकाबीच लत्ताकपडा हस्तान्तरण गरेको हो ।
ग्रामिण भेगका विपन्न वर्गकालाई लक्षित गर्दै दुई महिना अघिबाटै धनगढीमा संचालनमा आएको कपडा बैङ्क रोयल कोलाबोरेटिभ्स प्रा.लिले स्थापना गरेको हो ।
धनगढीका सामाजिक अभियन्ता गजेन्द्र विक्रम शाही, देवेन्द्र जोशी , पवन वसुवा लगायतका युवाहरुले संचालनमा ल्याएको कपडा बैङ्कले हालसम्म ५०० विपन्न वर्गीय परिवार तथा कमैया शिविरका अति विपन्न घरहरुमा सहयोग पुर्याएको छ ।
कोलाबोरेटिभ्सका कार्यक्रम संयोजक जनक सिंहले घाँसी नेपालले भूकम्पबाट प्रभावित क्षेत्रका विद्यालय भवनहरुको पुननिर्माण गर्नुको साथै विद्यार्थीको सिकाकाइमा सरलता र सहजताको लागी छात्रवृति, पुस्तकालय निर्माण लगायतका कार्य गर्दै आएको बताए ।
उनले कोलाबोरेटिभ्सले कपडा बैंकमार्फत विपन्न वर्गीय परिवारका घरहरुमा कपडा पुर्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पाठ्यपुस्तक र लत्ता कपडा बितरण गर्ने, बिभिन्न किसिमका प्रकोप बाट पिडितलाई राहत संकलन तथा वितरण गर्ने, सरसफाई अभियान लगायत निकट भविष्यमा पश्चिम नेपालका दुर्गम क्षेत्रमा बालगृह एबम पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ स्थापना गरिएको कुराले जानकारी गराएका छन् ।
प्रतिक्रिया