जाेरायलमा अपाङ्गता पुनर्स्थापना केन्द्र स्थापना

६ बर्ष अगाडि

डाेटीको जोरायल गाउँपालिकामा पहिलो पटक प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनस्र्थापना कक्ष स्थापना गरिएको हो ।

उक्त गाउँपालिका र युएमएन डोटी शाखाको सहयोगमा अपाङ्ग सेवा सङ्घले स्थापना गरेको उक्त  कक्षमा अपाङ्गता भएका व्यक्ति पहिचान गरेर फिजियोथेरापी गरिने अपाङ्ग सेवा सङ्घका कर्मचारी पवित्रा खत्रीले बताउनुभयो । 

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना गर्ने उद्देश्यले संयुक्त रूपमा उक्त कक्ष शुरु गरिएको  गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उक्त पुनस्र्थापना कक्षमा हाललाई फिजियोथेरापीका लागि युएमएनले सहयोग गर्ने र  पछि गाउँपालिकाले नै सञ्चालन गर्ने जनाइएको छ ।

अहिले उक्त कक्षमा अपाङ्गता भएका दजनौँ स्थानीयवासी सेवा लिन आउने गरेका छन्  । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया