काठमाडौंको रविभवनमा सडक चौडापार्ने विषयमा वर्षौँदेखि देखएिको समस्या समाधान भएको छ ।
रविभवनबाट सन्तोषीमाताको मन्दिरतर्फ जाने सडक चौडा पार्ने विषयमा देखिएको समस्या काठमाडौं १४ कि वडाध्यक्ष शोभा सापकोटाको पहलमा समाधान भएको हो ।
ज्ञानोदय स्कूलतर्फजाने बैकल्पिक सडकको रुपमा रहेको उक्त सडक विस्तार गर्ने विषयमा ७ वर्षदेखि विवाद थियो ।
तर वडाध्यक्ष सापकोटाले जग्गधनी सुरेशलाल श्रेष्ठलाई छलफलकै माध्यमबाट सडक विस्ता गर्न सहमत गराएकी हुन् ।
“मेरो अनुरोध मानेर जग्गा धनीले ८ स्क्वायर फिट जग्गा सडकलाई छोडिदिनुभयो”, उनले भनिन् “उहाँले यो जग्गा दिएपछि यसभन्दा तल्लो भेगका करीब पाँचसय घरलाई प्रत्यक्ष लाभ पुगेको छ ।”
सडक चौडापार्ने समस्या समाधान भएपछि आइतबार बिहान वडाध्यक्षसहित स्थानीय सरोकारवाला भेला भएर सडक विस्ताका लागि चिनो लगाएका छन् ।
रविभवनबाट ज्ञानोदय स्कूलतर्फको यो शाखा सडकमा मूल सडकबाट तलतिर जानका लागि पहिले ३ फिटे गल्ली मात्र थियो । तर अव सडक ११ फिट चौडा र मुख १६ फिट चौडा भएको वडाध्यक्ष सापकोटाको भनाइ छ ।
“अब मुल सडकबाट भित्र जान र भित्रबाट मुल सडकमा निस्कन समस्या छैन” सापकोटाले भनिन् “यो मेरो लागि ठूलो उपलब्धी हो ।”
सो सडकलाई लाई कलंकी र बाफलतर्फ जान बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया