राजपाको आयोगलाई आग्रह– महाधिवेशन गर्न ६ महिनाको म्याद दिइयोस्

८ बर्ष अगाडि

काठमाडौं– राजपा नेपालले ६ महिनाका लागि महाधिवेशनको म्याद थप गरिदिन  निर्वाचन आयोगसँग आग्रह गरेको छ । असार मसान्तभित्र महाधिवेशन गरिसक्न भन्दै  बिहिबार आयोगले राजपालाई पत्र  पठाएसँगै  शुक्रबार बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो।  

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि पार्टीमा  छलफल भइरहेको बताइएको छ ।  विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्न सकिने राजपाको बुझाई छ । 
 गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।

८ बर्ष अगाडि

प्रतिक्रिया