सिभिल लघुवित्तद्वारा १० प्रतिशत बोनस प्रस्ताव

६ बर्ष अगाडि

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस  वितरणको प्रस्ताव गरेको छ । 

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्ताव अनुसार बोनस सेयरबापत ५७ लाख ५ हजार ७०० रुपैयाँ र नगद लाभांस ५७ लाख ५ हजार ७०० रुपैयाँ पर्न आउने छ। 

संस्थाको चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया